भारतको ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
झारसुगडामा आज उनलाई एक प्रहरी जवानले गोली हानेका थिए । त्यहाँबाट उनलाई हेलिकोप्टरमा भुवनेश्वर ल्याइएको थियो । त्यहाँ उनको उपचार चलिरहेको थियो ।
दिउँसो झारसुगुडाको एक कार्यक्रममा सहभागी हुन जाँदा उनीमाथि आक्रमण भएको थियो ।
उनीमाथि भएको आक्रमणको छानबिनका लागि क्राइम ब्रान्चलाई जिम्मेवारी दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।