पश्चिमी वायुको प्रभाव कायमै : कहाँ–कहाँ छ आज हिमपातको सम्भावना?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । सोही कारण सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिमका थोरै स्थानमा र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । साथै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  





  • प्रकाशित मिति : माघ १६, २०७९ साेमबार ७:४९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया