धनुषामा हिरासतबाटै भागे ६ जना अभियुक्त
फाइल तस्बिर

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना अभियुक्त फरार भएका छन् । गएराति हिरासत तोडेर ६ अभियुक्त फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

फरार हुनेहरूमा वर्षीय विनोदकुमार शर्मा, २५ वर्षीय अमित यादव, रोशन यादव, हरिदीप सिंह, २८ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर सिंह रहेका छन् । उनीहरू हातहतियार, लागुऔषध, अभद्र व्यवहार, राष्ट्र सेवक बाधा अवरोधलगायत मुद्दामा हिरासतमा रहेका थिए ।

उनीहरूको तीव्र खोजी भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।हिरासत कक्षतर्फको भित्ता निकै कमजोर भएको कारण फोडेर अभियुक्तहरू भाग्न सफल भएको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : माघ १६, २०७९ साेमबार ८:२४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया