प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बालुवाटार पुगेका छन् । उनी आज बिहान प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
पछिल्लो समय कार्यशैलीप्रति आलोचना हुन थालेपछि बालेन दबाबमा छन् । आइतबार मात्रै काठमाडौंमा उनीविरुद्ध आन्दोलन भएको थियो ।
निजी सम्पत्तिमा महानगरले डोजर लगाएर क्षति पुर्याएको भन्दै केही व्यक्तिहरू आन्दोलनरत छन् । मेयर शाहले महानगरका कामकारबाहीमा संघ सरकारबाट हुनुपर्ने सहयोगको अपेक्षासमेत राखिरहेका छन् ।
उनले सुकुम्बासी बस्ती हटाउन संघ सरकारको सहयोगसमेत माग गर्दै गृह मन्त्रालयमा केही समयअघि पत्रसमेत पठाएका थिए । तर, उनले अहिलेसम्म आफ्नो पत्रको कुनै सुनुवाइ नभएको भन्दै गुनासो पोख्दै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।