सभामुख घिमिरेले भने - शहीदकै कारण हामीले स्वतन्त्रताको उपयोग गर्न पाएका छौँ
फाइल फाेटाे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताएका छन् । शहीद दिवसका अवसरमा सभामुख घिमिरेले नेपालमा लोकतन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने चार शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सो त्यस्तो बताएका हुन् । 

‘नेपाली जनताको अधिकार प्राप्तिको सङ्घर्षमा चार शहीदको योगदानको म उच्च प्रशंसा गर्न चाहन्छु’, घिमिरेले भनेका छन्, ‘उहाँहरुकै कारण आज हामीले नागरिक स्वतन्त्रताको उपयोग गर्न पाएका छौँ ।’

घिमिरेले नेपालमा मूलतः राजनीतिक सङ्घर्षको समय सकिएर विकास र समृद्धिको समय आएको पनि शुभकामना सन्देशमा बताएका छन् । उनले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नसके मात्र शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : माघ १६, २०७९ साेमबार १०:४६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया