प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले भेट गरेकी छन् । नेपालको दुई दिने भ्रमणमा रहेकी उपमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार प्रधानमन्त्रीलाई भेटेकी हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्ड र उपमन्त्री नुल्यान्डबीच द्विपक्षीय सहयोग र आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ । आइतबार बेलुकी नेपाल आएकी उपमन्त्री नुल्यान्डले काठमाडौंमा प्रधानमन्त्री दाहाललाई भेट्दै आफ्नो भेटवार्ताको सुरुआत गरेकी हुन् ।  





  • प्रकाशित मिति : माघ १६, २०७९ साेमबार १२:८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया