पोखरामा जलेर घाइते भएकी महिलाको निधन, पुरुषको उपचार हुँदै
सांकेतिक तस्बिर

जलेर सख्त घाइते भएकी पोखरा महानगरपालिका–१३ काहुँखोलाकी संगीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ । 

प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले ३५ वर्षीया सापकोटाको गएराति निधन बताए । सोही घटनामा जलेर घाइते भएका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको उनले जानकारी दिए ।

आइतबार जलेर घाइते भएको अवस्थामा दुवैलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पुर्याएका थिए । आत्मदाह गर्ने प्रयास गरेका ४५ वर्षीय क्षेत्रीलाई बचाउन खोज्दा सापकोटाले ज्यान गुमाउनुपरेको जनाइएको छ । 

क्षेत्री सापकोटाकै घरमा डेरा गरी बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : माघ १६, २०७९ साेमबार १६:४५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया