प्रेमप्रसाद आत्मदाह प्रकरणः भाटभटेनीका मीनबहादुर गुरुङसँग प्रहरीले गर्यो सोधपुछ
फरकधार / १६ माघ, २०७९

इलामका प्रेमप्रसाद आचार्यले संघीय संसद् भवनअगाडि आत्मदाह गर्नुअघि फेसबुक स्टाटसमा आफूमाथि थिचोमिचो गरेका केही व्यक्ति तथा संस्थाको नाम लेखेका थिए । 
तिनैमध्येको एक थियो– भाटभटेनी । 



प्रहरीले उनको आत्मदाहपछि परेको जाहेरीअनुसार भाटभटेनीका संचालक मीनबहादुर गुरुङसँग सोधपुछ गरेको छ । प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको आचार्यले लेखेका नामहरु सबैलाई सोधपुछ गर्ने तयारी गरेको छ ।

आचार्यले भाटभटेनीलाई आफूले उधारोमा सामान दिन परिरहेको र भाटभटेनीले समयमा आफूलाई भुक्तानी नगरेको आफ्नो स्टाटसमा लेखेका थिए ।



यही विषयमा प्रहरीले गुरुङसँग सोधपुछ गरेको हो ।



  • प्रकाशित मिति : माघ १६, २०७९ साेमबार १७:१५:१०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया