पृथ्वीसुब्बा गुरुङको दाबी– राष्ट्रपति एमालेबाटै हुन्छ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको राष्ट्रपति उम्मेदवार सत्ता गठबन्धनबाट नेकपा एमालेकै उम्मेदवार हुने दाबी गरेका छन् । 

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिसकेको छ ।

तर, लमजुङको एक कार्यक्रममा सहभागी भएका पृथ्वीसुब्बा गुरुङले यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रपति उम्मेदवार नेकपा एमालेबाट नै हुने दाबी गरेका छन् । 

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने समयमा नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग यो सहमति भएकाले यसमा कुनै पनि पक्ष पछाडि सर्न नै नसक्न बताएका छन् ।





  • प्रकाशित मिति : माघ १६, २०७९ साेमबार १७:३६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया