हिरासतबाट भागेका एक जना प्रहरी नियन्त्रणमा
फरकधार / १६ माघ, २०७९

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवाहरूमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका वडा नम्बर-६ का २८ वर्षीय रोशन महतो रहेका छन् ।



इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर सोमबार बिहान ६ जना थुनुवा फरार भएका थिए । हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेश टोली खटाएर खोजतलास तीव्र पारेको छ । सो टोलीले फरार थुनुवा मध्ये महतोलाई पक्राउ गर्न सफल भएको हो ।

महतोमाथी हातहतियार खर खजाना मुद्दा चलिरहेको छ । उनलाई हतियारसहित प्रहरीले गत शनिबार मात्रै पक्राउ गरेर  सार्वजनिक गरेको थियो । यता फरार रहेका बाँकी ५ जनाको खोज तलास तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : माघ १६, २०७९ साेमबार २०:२:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया