क्यानको कार्यसमिति बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवा र लिग विवाद मुख्य एजेन्डा

नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दैछ । पोखरामा बस्ने क्यान बैठकमा नेपाल टी–२० लिग विवाद र पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा मुख्य एजेन्डा रहेका छन् ।

क्यानले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइज, टी–२० लिगमा फिक्सिङ र पारिश्रमिक विवादमा कार्यसमिति नै दुई भागमा विभाजित भएको छ ।

केही दिनअघि छुम्बी लामासहित ७ केन्द्रीय सदस्यले दोषी पदाधिकारीको राजीनामा माग गरेका थिए । आजको बैठकपछि कार्यसम्पादन समितिका केही पदाधिकारीले राजीनामा दिनसक्ने सम्भावनासमेत छ ।

टी–२० लिगको रणनीतिक तथा कमर्सियल पार्टनर भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता, फिक्सिङ सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त जानकारी र राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिको प्रतिवेदनले दिएका सुझावका बारेमा पनि बैठकमा छलफल हुनेछ ।   





  • प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार ८:१६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया