मुख्यमन्त्री रावलको घोषणा : ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ
फरकधार / १७ माघ, २०७९

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले ‘पढाइ, कमाइ र दबाइ’ को अभियान सुरु गरिने बताएका छन् । 



सोमबार महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको अनुगमन गर्दै उनले सुदूरपश्चिम प्रदेशको सम्बृद्धिका सो अभियान गाउँगाउँमा सञ्चालन हुने बताए ।

‘अहिले प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन, विश्वासको मत लिएपछि हामी यो अभियानमा लाग्छौँ,’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशमा रहेका थुप्रै खानीहरूको उत्खनन गर्न जरुरी छ ।’



उनले यहाँ रहेका प्राकृतिक एवं सांस्कृतिक सम्पदा संरक्षण, प्रवर्द्धनमा प्रदेश सरकारले यसमा विशेष ध्यान दिने बताए । ‘वि.सं २०६२/६३ को आन्दोलनका बेला म आफैँ पनि यो अस्पताल व्यवस्थापन समितिको अध्यक्ष थिएँ, यहाँका सबै समस्या मैले बुझेको छु,’ मुख्यमन्त्री रावलले भने, ‘अस्पतालमा डायलायसिस र सिटी स्क्यान सेवाका लागि संघीय सरकारसँग पहल गर्छु ।’  



महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा जनशक्ति अभावकै कारण सेवा प्रभावित हुने गरेको जनाउँदै आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन आग्रह गरे । 

  • प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार ९:१४:३०,   अन्तिम अपडेट : माघ १७, २०७९ मंगलबार ९:१६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया