प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । प्रचण्ड र लामिछानेबीच अदालतको निर्णयपछि उपनिर्वाचन र गृह मन्त्रालयलगायत समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ ।
यसअघि आइतबार साँझ पनि लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पदसमेत बदर गर्ने गर्ने फैसला सुनाएको थियो ।
नेपाल स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएका छन् ।
नागरिकता प्राप्त गरेसँगै फेरि गृहमन्त्रीमा आफूलाई नै नियुक्त गर्नुपर्ने भन्दै लामिछानेले प्रधानमन्त्रीसँग निरन्तर छलफल गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।