पाकिस्तानको पेशावरमा बम विस्फोट : मृतकको संख्या ५९ पुग्यो

पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीलक्षित आत्मघाती बम विस्फोटमा मृत्यु हुनेको संख्या ५९ जनाको पुगेको छ । बीबीसीका अनुसार अहिलेसम्म मृतकको संख्या ५९ पुगेको र १५७ जना मानिस घाइते भएका छन् ।  

गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले हमला आफूले गराएको बताएको छ । तेहरिक–ए–तालिबान पाकिस्तान अर्थात् टीटीपी भनेर चिनिने पाकिस्तानी तालिबानका कमाण्डर सरबकाफ मोहमन्दले ट्विटरमार्फत आक्रमणको जिम्मेवारी लिएका हुन् । 

यसैबीच सरबकाफको ट्वीटपछि टीटीपीका प्रवक्ता मोहम्मद खुरासानीले आफ्नो समूहको बम विष्फोट गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन् ।

मस्जिद, सेमिनार र धार्मिकस्थललाई लक्षित गर्ने आफ्नो नीति नभएको भन्दै प्रवक्ता खुरासानीले त्यस्ता कार्यहरूमा भाग लिनेहरूलाई टीटीपीको नीतिअन्तर्गत दण्डनीय कारबाही हुने बताए । 

यसैबीच प्रधानमन्त्री शहबाज शरिफले घटनाको कडा शब्दमा निन्दा गरेका छन् । एक विज्ञप्तिमार्फत उनले घटना गराउनेहरूको ‘इस्लामसँगको कुनै साइनो नहुने’ बताएका छन् ।

 ‘पूरा देश आतङ्कवादको त्रासविरुद्ध उभिएको छ’, उनले भनेका छन् । 





  • प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार १०:५७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया