प्रचण्डले भने– फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयबारे निर्णय लिन्नँ
फरकधार / १७ माघ, २०७९

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् ।



उनले पार्टीको पदाधिकारी बैठकमा  यस्तो बिफ्रिङ गरेका हुन् । 

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकमा उनले अहिले आफूले गृह मन्त्रालय सम्हालेको र केही समय आफैंसँग गृह मन्त्रालय रहने बताएका हुन् । 



‘अदालतको फैसलाको पूर्णबाट नआएसम्म गृह मन्त्रालयबारे कुनै निर्णय हुँदैन, प्रधानमन्त्रीसँग नै रहन्छ,’ पदाधिकारी बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिएका छन् ।



गत शुक्रबार सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेपछि उनले एकसाथ सबै पद गुमाएका थिए । 

आइतबार फेरि नागरिकता लिएपछि उनी पार्टी सभापतिमा चुनिए । लगत्तै उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई जसरी पनि गृह मन्त्रालय नै चाहिने अडान लिन थालेका छन् ।

तर, प्रचण्डले गैरसांसद लामिछानेलाई गृह मन्त्रालय दिन तत्काल सम्भव नभएको बताउँदै आएका छन् । मंगलबार विहान प्रचण्डले स्पष्ट जवाफ दिएपछि लामिछानेले सरकार छाड्ने चुनौतिसमेत दिएका थिए ।

  • प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार १५:५९:२२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया