चितवनबाट रवि फेरि निर्वाचनमा उठे हराएर पठाउने चितवन कांग्रेसको दाबी
फरकधार / १७ माघ, २०७९

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेको वास्तविक अवस्था अहिले आएर छर्लङ्ग भएको बताएका छन् ।



उनले चुनाव जितेर गृहमन्त्रीसमेत बनेका रवि लामिछानेको एक महिनामा अहिलेको हविगत भएको भन्दै यसले चितवन २ जनप्रतिनिधिविहीन भएको पनि बताएका छन् ।

जनताले रवि लामिछानेको धरातल नुबझिकन उनलाई मतदान गरेकाले अहिलेको परिणाम आएको पनि उनले बताए । 



यसमा नेपाली कांग्रेसको पनि दोष रहेको उनको निष्कर्ष छ । कांग्रेसले ध्यान दिएर राम्रा उम्मेदवार चितवनमा नउठाउँदा यस्तो अवस्था भएको उनले बताएका छन्् ।



‘हिजो मतदाताले चिनेका थिएनन्, अहिले अब लामिछाने को हुन् र उनले कस्ता कर्तुत गरेका छन् भन्ने उदाङ्गो भएको छ,’ खनालले भने, ‘कांग्रेसले अब उपनिर्वाचनमा कसैसँग पनि गठबन्धन गर्दैन र रवि लामिछाने नै निर्वाचनमा उठे भने उनलाई हराएर पठाउने छ ।’

  • प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार १६:९:७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया