पोखरामा जारी नेपाल क्रिकेट संघको बोर्ड बैठकमा नै अध्यक्ष चतुरबहादुर चन्दको लिखितरुपमा राजीनामा माग गरिएको छ । यो माग क्यानका ७ केन्द्रीय सदस्यले राखेका हुुन् ।
मंगलबार पोखरामा बैठक सुरु भएलगत्तै यो मागसहितको पत्र चन्दलाई बुझाइएको थियो ।
राजीनामा माग गर्नेहरु ऋषिराम गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमित विर पाण्डे, छुम्वी लामा र धर्मराज गिरी छन् ।
राजीनामा दिएर नेपाली क्रिकेटलाई माग प्रशस्त गर्न भन्दै गलत निर्णयको साक्षी नबस्ने उद्घोषसहित आफूहरूले बैठक बहिष्कार गरेको पनि उनीहरुले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।