नीति तथा योजना आयोगका उपाध्यक्ष डा. झाले दिए पदबाट राजीनामा

मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । प्रदेशको समग्र विकासको योजना बनाउने उद्देश्यसहित गठित आयोगका उपाध्यक्ष झाले पदबाट राजीनामा दिएका हुन् ।

झाले चुनावपश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा आफूले राजीनामा दिएको बताएका छन् । प्रदेशको सन्तुलित र समष्टिगत विकासका लागि आवश्यक नीति, रणनीतिक विषयक्षेत्रका दीर्घकालीन, मध्यमकालीन र वार्षिक विकास योजना बनाउने तथा प्रदेशको आवश्यक नीति निर्माण कार्यमा प्रदेश सरकारलाई सहयोग पुर्याउने मुख्य जिम्मेवारीसहित मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश नीति आयोगको गठन हुने व्यवस्था छ । 

डा. झा २०७६ भदौ २२ गते मधेस प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । यसअघि रहेका नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झालाई हटाएर डा. भोगेन्द्र झालाई ल्याइएको थियो । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रको प्राध्यापकबाट केही वर्षअघि अवकाश भएका डा. झा नेपालको चर्चित अर्थशा स्त्रीको रूपमा चिनिन्छन् । 





  • प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार १६:१६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया