फरार थुनुवाहरूमध्ये मंगलबार थप एक जना पक्राउ
फाइल फाेटाे

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवाहरूमध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–२ बस्ने २५ वर्षीय अमित मण्डल रहेका छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर सोमबार बिहान ६ जना थुनुवा फरार भएका थिए । हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेशन टोली खटाएर खोजतलास तीव्र पारेको छ । 

सो टोलीले फरार थुनुवा मध्ये मण्डललाई पक्राउ गर्न सफल भएको हो । मण्डलमाथी सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दा चलिरहेको छ । यसअघि प्रहरीले सोमबार साँझ मिथिला नगरपालिका वडा नम्बर–६ का २८ वर्षीय रोशन महतोलाई पक्राउ गरेको थियो । 

उनलाई हतियारसहित प्रहरीले गत शनिबार मात्रै पक्राउ गरेर सार्वजनिक गरेको थियो । यता फरार रहेका बाँकी ४ जनाको खोज तलास तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार १९:१९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया