आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने भएको छ । मौसमविदका अनुसार पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेकाले आजदेखि दुई/तीन दिन धेरै ठाउँको मौसम सफा रहनेछ ।
बुधबार प्रदेश–१, बागमती र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका अनुसार केही ठाउँमा बादल लागे पनि सामान्यतया मौसम सफा नै रहने छ ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण सोमबार र मंगलबार धेरै ठाउँको मौसम पूर्णरूपमा सफा थिएन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।