प्रधानमन्त्री प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न मुख्यमन्त्री कार्की आज बिहान बालुवाटार पुगेका थिए । 

प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री कार्कीबीच बधाई तथा शुभकामना आदानप्रदान र समसामयिक राजनीतिका बारेमा कुराकानी भएको बताइएको छ । 

प्रदेश १ ले पहिलो कार्यकालमा प्रदेशको नामाकरण गर्न सकेको छैन । कार्कीले मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै छिट्टै प्रदेशले नयाँ नाम पाउने बताएका थिए । 





  • प्रकाशित मिति : माघ १८, २०७९ बुधबार १०:६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया