खेलाडीसँगकाे नयाँ केन्द्रीय सम्झौता वर्गीकरण सार्वजनिक, सन्दीप अटाएनन्

नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ केन्द्रीय सम्झौता वर्गीकरण सार्वजनिक गरेको छ । नयाँ वर्गीकरणअनुसार कप्तान रोहित पौडेल र ओपनर आसिफ शेख ग्रेड ‘ए’ मा बढुवा हुँदा पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई ग्रेड ‘बी’ राखिएको छ ।

यअसघि ज्ञानेन्द्र ग्रेड ‘ए’ मा थिए । सन् २०२२ को वर्गीकरणमा रोहित ‘सी’ र आसिफ ‘बी’ ग्रेडमा थिए । नयाँ वर्गीकरणमा क्यानले बलात्कार आरोप लागेका पूर्वकप्तान सन्दीप लामिछानेलाई भने समावेश गरेको छैन ।

 ग्रेड ‘ए’ मा बढुवा भएका खेलाडीले मासिक ६० हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् ।  क्यानले ‘बी’ ग्रेडका खेलाडीले ५० हजार र ‘सी’ ग्रेडका पुरुष खेलाडीलाई ४० हजार रुपैयाँ पारिश्रमिक तोको छ ।

त्यस्तै, महिलातर्फ ‘ए’ ग्रेडका खेलाडीले मासिक २१ हजार, ‘बी’ ग्रेडका खेलाडीले १८ हवार र ‘सी’ ग्रेडका खेलाडीले १५ हजार रुपैयाँ पारिश्रमिक पाउने छन् । 

नयाँ केन्द्रीय सम्झौता वर्गीकरणमा पर्ने खेलाडी :

ग्रेड ‘ए’ : रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख ।



ग्रेड ‘बी’ : आरिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल ।

ग्रेड ‘सी’ : कमलसिंह ऐरी, विनोद भण्डारी, गुलशन झा, अर्जुन साउद, अभिनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव ।



महिलातर्फ 

ग्रेड ‘ए’ : रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा ।

ग्रेड ‘बी’ : मा काजोल श्रेष्ठ, कविता कुँवर, अस्मिना कर्माचार्य ।

ग्रेड ‘सी’ : कविता जोशी, विन्दु रावल, संगिता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम ।

  • प्रकाशित मिति : माघ १८, २०७९ बुधबार १४:३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया