आत्मदाह घटनाबारे न्यायिक आयोग गठनको माग
फाइल तस्बिर / नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वाला

प्रतिनिधिसभा बैठकमा केही दिनअघि नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनाको सम्बन्धमा छानबिन गर्नुपर्ने माग उठेको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले आचार्यको आत्मदाहको घटनाका बारेमा छानबिन गर्न न्यायिक आयोग गठनको माग गरे ।

यसैगरी, जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादवले आचार्यको आत्मदाहको विषयमा संसद्मा केही विशेष प्रस्ताव आउनुपर्नेमा आउन नसक्नु दुःखद् भएको बताए । बैठकमा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठले निर्दोष थारु बन्दीका लागि आफ्ना पार्टीले निरन्तर आवाज उठाए पनि रिहाइ हुन नसकेको दुःखेसो गरिन् ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले वीर अस्पतालमा आइसियु शय्या नभएर जनताले निजी अस्पतालमा चर्को मूल्य तिर्न बाध्य भएको हुँदा उक्त अस्पतालमा आइसियुको शय्या थप गर्न आग्रह गरे ।  स्वतन्त्र सांसद प्रभु साहले कालोबजारी नियन्त्रण गर्ने, नापतौल हेर्ने र गुणस्तर कायम गर्ने निकाय भए पनि त्यसको काम प्रभावकारी हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए । 





  • प्रकाशित मिति : माघ १८, २०७९ बुधबार १६:२१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया