साहरुख खान अभिनित फिल्म पठानले पछिल्लो समय बलिउड बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । बक्स अफिसमा निकै राम्रो कमाइ गरिरहेको यो फिल्मले नेपालमा पनि राम्रो कमाइ गरेको छ ।
यही फिल्म हेर्न पूर्वरानी कोमल शाह, पूर्वयुवराज्ञी हिमानी शाहलगायत पूर्वराज परिवारका सदस्यहरु सिनेमा हल पुगेका छन् ।
उनीहरुले शनिबार साँझको सो हेरेका थिए । फिल्म हेरिसकेपछि उनीहरुले राम्रो रहेको प्रतिक्रियासमेत दिएका थिए ।
फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहमलगायतको अभिनय रहेको छ । यो फिल्म सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।