म्यानचेस्टर युनाइटेड कारवाओ कपको फाइनलमा
फरकधार / १९ माघ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

म्यानचेस्टर युनाइटेड कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ । प्रिमियर लिग प्रतिद्वन्द्वी नटिङहम फरेस्टलाई सेमिफाइनलको दोस्रो लेगमा २–० सहित समग्रमा ५–० ले हराउँदै युनाइटेड फाइनलमा प्रवेश गरेको हो ।



युनाइटेडले पहिलो लेगमा ३–० को जित निकालेको थियो । ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा घरेलु टोलीको जितमा एन्थोनी मार्सियाल र फ्रेडले गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै गोल भएको थियो ।



खेलको ७३औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए । त्यसको तीन मिनेटपछि फ्रेडले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे । 



अब युनाइटेडले उपाधिका लागि न्यूक्यासल युनाइटेडको सामना गर्नेछ । फाइनल २६ फेब्रुअरीमा हुनेछ । न्यूक्यासलले मंगलबार राति साउथह्याम्टनलाई २–१ ले समग्रमा ३–१ ले हराउँदै फाइनलको यात्रा तय गर्‍यो ।   







  • प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार ८:२:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया