रवि लामिछानेको समर्थनमा जुम्लामा एक जनाले गरे ‘आत्मदाह’को प्रयास

रवि लामिछानेको समर्थनमा जुम्लामा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एकजना यूवाले ‘आत्मदाह’को प्रयास गरेका हुन् ।

४० वर्षका गोर्कण कार्कीले रवि लामिछानेले न्याय पाउनु पर्छ भन्दै शरीरमा पेट्रोल खन्याएर आत्महत्या गर्ने प्रयास गरेको जुम्लाका प्रहरी नायब उपरिक्षक (डिएसपी) नरेन्द्र चन्दले बताए । 

आत्मदाहको प्रयास गर्ने कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक हुन् ।  





  • प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार १६:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया