बंगलादेशमा भइरहेको साफ यू–२० महिला च्याम्पियनसिप फुबटलमा आज नेपालले घरेलु टोलीको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल साँझ ६ः४५ देखि सुरु हुनेछ ।
ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेलमा नेपाल सुखद सुरुवात गर्न चाहन्छ । केही सिनियर टोलीबाट खेलिसकेका खेलाडी पनि टिममा रहेकाले नेपाली टिम बंगलादेशविरुद्ध जित निकाल्नेमा केही विश्वस्त छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक यम गुरुङले पनि पहिलो खेलमा टिम उत्कृष्ट प्रदर्शनका लागि तयार भएको बताइसकेका छन् । नेपालले प्रिती राईको कप्तानीमा प्रतियोगिता खेल्दैछ । उनी सिनियर राष्ट्रिय टोलीकी महत्वपूर्ण सदस्यसमेत हुन् । प्रितीले पनि प्रतियोगितामा राम्रो नतिजा ल्याउन टिम तयार रहेको बताइसकेकी छन् ।
यद्यपि घरेलु टोलीविरुद्ध जित निकाल्न नेपालले सहज भने पक्कै हुने छैन । पछिल्लो समय बंगलादेशको उमेर समूहको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपाल घरेलु मैदानमा बंगलादेशलाई स्तब्ध पार्दै विजयी सुरुवात गर्ने योजनामा छ ।
आजै हुने पहिलो खेलमा भारत र भुटानले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।