शिक्षा मन्त्रालयको 'धज्जी उडाउँदै' विदेशी कम्पनीका शैक्षिक मेला
फाइल तस्वीर ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिविना कुनै पनि शैक्षिक मेला आयोजना गर्न नपाइने नियम भए पनि एक भारतीय शैक्षिक परामर्श संस्थाले वीरगन्ज र काठमाडौंमा शैक्षिक मेला आयोजना गरेको छ ।

शिक्षा मन्त्रालयले यस्ता मेला गर्नका लागि शिक्षा मन्त्रालयसँग अनुमति लिनु पर्ने व्यवस्था गरेको छ । यस्ता फेयर सन्चालनका लागिसम्बन्धित स्थानका जिल्ला प्रशासन कार्यालयहरुबाट अनुमति लिनु पर्ने व्यवस्था पनि रहेको छ ।

विदेशी शैक्षिक संस्थाले त शैक्षिक मेला आयोजना गर्न नेपालमा शिक्षा मन्त्रालयको स्वीकृति लिनुका साथै स्थानीय शैक्षिक परामर्श दातृ निकायसँगसमेत समन्वय गर्नु पर्ने व्यवस्था रहेको छ ।

तर, भारतको एक संस्थाले नेपालमा शैक्षिक मेलाको आयोजना गर्ने भन्दै सूचना प्रकाशन गरेको छ । ‘स्टडी इन इन्डिया इजुकेशन फेयर २०२३’ शीर्षक दिएर यो संस्थाले नेपालमा फेयर गर्न लागेको हो । तर, शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार उसले यसका लागि मन्त्रालयसँग कुनै अनुमति लिएको छैन ।

यो संस्थाले काठमाडौंको बानेश्वरमा रहेको एभरेस्ट होटलमा ५ फ्रेबुअरीमा मेला गर्ने भन्दै सूचना निकालेको छ ।

शिक्षा मन्त्रालयको अनुमतिविना शैक्षिक मेला गर्ने संघसंस्थालाई कारवाही गर्न शिक्षा मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई कारवाहीका लागि पत्राचार गरेको बताइएको छ ।



पछिल्लो समय शिक्षा मन्त्रालयले कसैलाई वा कुनै पनि संस्थालाई शैक्षिक मेलाको लागि अनुमति नदिएको र यसरी शैक्षिक मेला गरेको खण्डमा कारवाही हुने शिक्षा मन्त्रालयले जनाएको छ ।

भारतीय कम्पनीले गरेको यो शैक्षिक मेलाको विरोध नेपालमा रहेका शैक्षिक परामर्शदाताहरुको छाता संगठनहरुले पनि गरेका छन् ।



 

एसआइ युकेले पनि लिएको छैन अनुमति

नेपालमा पनि शैक्षिक परामर्शदाताका रुपमा रहेको बेलायती फ्रेन्चाइज कम्पनी एसआइ युकेले पनि ४ फ्रेबुअरीमा शैक्षिक मेला आयोजना गरेको छ । 

शिक्षा मन्त्रालयले पछिल्लो समय कुनै पनि मेलालाई अनुमति नदिएकाले एसआइयुकेले आयोजना गरेको यो मेला पनि अवैध हो ।

शिक्षा मन्त्रालयले यस्ता फेयरहरुबारे गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयलाई कारवाहीका लागि पत्राचार गरेकाले प्रहरीले हस्तक्षेप गरेरसमेत यस्ता फेयर रोक्न सक्नेछ ।

  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार १८:५८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया