भीम रावलको प्रश्न - रविलाई गृहमन्त्री बनाउन महाअभियान चल्यो,  के सुशासन आउन लागेको हो ?

नेकपा एमालेका नेता डा.भीम रावलले नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धित विषयमा विवादित बन्दासमेत  स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन महाअभियान चलेको बताएका छन् ।

शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘द्वारिकादेवी ठकुरानी नेपालको पहिलो महिलामन्त्री ’ किताब विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयको विवादकाबीच लामिछानेलाई फेरि गृहमन्त्री बनाउन खोज्नु गलत भएको बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘आज मन्त्रीहरू हेरौँ त जसको वैदेशिक रोजगारी कम्पनी छ उ श्रम मन्त्री, जसको निजी स्कुल महँगो छ उ शिक्षा मन्त्री, जसलाई नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धित छ । निजलाई खोजी खोजी त्यही नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय । गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान । हाम्रो देशमा के साँच्चीकै सुशासन आउन लागेको हो ?’





  • प्रकाशित मिति : माघ २१, २०७९ शनिबार १९:१७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया