प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई गृहबाहेक अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेका छन् । सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् ।
रास्वपाले यसअघि गृह मन्त्रालय नै चाहिने भन्दै त्यसका लागि दुई दिनको हल्टिमेटम दिएको थियो । जुन समय आजै सकिँदै छ ।
रास्वपा सभापति रवि लामिछानेले शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र शनिबार प्रचण्डसँग छलफल गरेका थिए । भेटमा उनीहरूले लामिछानेको विषयमा विवाद कायमै रहेकाले वैकल्पिक मन्त्रालयमा अन्य नेतालाई पठाउन पनि प्रस्ताव गरेका थिए ।
जवाफमा रविले पार्टीमा छलफल गरेर निर्णय लिने बताइएका थिए । पार्टीका बहुमत सदस्यले तत्काल सरकारबाट बाहिरिनुभन्दा सरकारमै रहनु पार्टीका लागि पनि हितकर हुने सुझाब दिएका छन् ।
आन्तरिक छलफललगत्तै पार्टीको बैठकबाट यसबारे औपचारिक निर्णय गर्ने रास्वपाको तयारी छ । रास्वपाले शनिबार राति साढे ८ बजेपछि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।