नारायणकाजीलाई गृहमा ल्याउने प्रधानमन्त्रीको तयारी, रास्वपालाई भौतिक पूर्वाधारको प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई ल्याउने तयारी गरेका छन् । यसअघि रास्वपाबाट  गृहमन्त्री बनेका रवि लामिछानेको सांसद पद नै गएपछि सो मन्त्रालय खाली छ । 

रास्वपाका अध्यक्ष रवि लामिछानेसँग आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहको साटो भौतिक पूर्वाधार तथा यातायात वा अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेका थिए । 

प्रधानमन्त्रीले गृह मन्त्रालय रास्वपालाइ दिन अस्वीकार गर्दै आएका छन् भने रास्वपाले नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ ।  

रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय दिने प्रस्तावसँगै प्रधानमन्त्री प्रचण्डले सो मन्त्रालयमा पार्टी सभापति लामिछानेको साटो अरूलाई पठाउन पनि आग्रह गरेका छन् । 

प्रधानमन्त्रीको नयाँ प्रस्तावमाथि छलफल गर्न अहिले रास्वपाको बैठक बसिरहेको छ ।





  • प्रकाशित मिति : माघ २१, २०७९ शनिबार २२:१८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया