नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग जाने भएका छन् ।
सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामछानेलाई सांसद नरहने निर्णय गरेसँगै श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित आयोग जान लागेका हुन् ।
उनी आज बिहान साढे ११ बजे आयोग जाने र दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको बताइएको छ । सर्वोच्च अदालतले लामिछाने सांसद नरहने निर्णय गरेपछि चितवन–२ मा प्रतिनिधि सभाको एक सिट खाली रहेको छ ।
तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार भएका श्रेष्ठ झण्डै ३५ हजार मतान्तर लामिछानेसँग पराजित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।