बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलअन्तर्गत दोस्रो खेलमा नेपालले आज भुटानको सानमा गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो सवा ३ बजे ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा हुनेछ ।
फाइनल पुग्ने सम्भावना जीवित राख्न भुटानविरुद्ध नेपाललाई जित्नैपर्ने दबाब छ । अघिल्लो खेलमा नेपालले बंगलादेशसँग ३–१ को हार बेहोरेको थियो । भुटान पनि पहिलो जितको खोजीमा हुनेछ । ऊ पहिलो खेलमा भारतसँग १२–० ले गोल अन्तरले पराजित भएको थियो ।
जारी प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानले प्रतिस्पर्धा गरिरहेका छन् । राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।