रवि लामिछाने भन्छन्– सिधाकुरा नगरेको धेरै भएछ
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको बैठकलगत्तै पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बिहान ११ बजे बस्दैछ । 

बैठकले सरकारमा रहने/नरहनेबारे ठोस निर्णय लिने बताइएको छ । बैठकलगत्तै विशेष पत्रकार सम्मेलनको आयोजना गरिने सभापति लामिछानेले बताएका छन् ।  

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यसलगत्तै पार्टी कार्यालयबाट आज म विशेष पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरू सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भएछ,’ लामिछानेले फेसबुकमा लेखेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको गत बिहीबार बसेको बैठकले गृहमन्त्रालय पाउनुपर्ने पार्टीको मागबारे निर्णय लिन प्रधानमन्त्री प्रचण्डलाई दुई दिनको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम शनिबार मध्यरातिबाट सकिएको छ ।   

आफूले दिएको अल्टिमेटम सकिनुअघि रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेटेका थिए । प्रधानमन्त्री प्रचण्डले गृहबाहेक अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेका थिए । तर, लामिछानेले सरकार गठनको बेलामै गृह मन्त्रालय आफ्नो पार्टीको भागमा परेको भन्दै गृह नछाड्न आफूलाई पार्टीभित्रबाट दबाब रहेको सुनाएका थिए । 





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार ११:४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया