पाँच सहसचिवको जिम्मेवारी हेरफेर

गृह मन्त्रालयले पाँच सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । हाल गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै छ । 

मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखमा जितेन्द्र बस्नेतलाई तोकिएको छ ।​ बस्नेतले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पनि पाएका छन् । 

यसअघि अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रणको कार्यालयमा कार्यरत बस्नेतले गृहमातहतकै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । 

यस्तै, आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी फणिन्द्रमणि पोखरेलले पाएका छन् भने केदारनाथ शर्मा प्रशासन महाशाखा प्रमुख बनेका छन् । उनी भर्खरै मात्र अर्थ मन्त्रालयबाट गृह मन्त्रालय सरुवा भएका थिए । 

यस्तै, रुद्र पण्डितलाई मन्त्रालय मातहतको राष्ट्रिय पञ्जिकरण तथा परिचयपत्र विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । पण्डित यसअघि भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतको सहकारी विभागको रजिष्ट्रार थिए ।

त्यस्तै, गोरखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिनेशसागर भुसाललाई दिइएको छ । यसअघि आन्तरिक मामिला मन्त्रालय कर्णाली प्रदेशको सचिवको जिम्मेवारीमा रहेका भुसाल केही समयअघि मात्रै गृह मन्त्रालय तानिएका थिए ।





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार १८:४३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया