नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जाँच गर्नुपर्ने बताएका छन् ।
नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश–जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्छ । आलोचना सुन्छ । सत्य तथ्य औंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ । गालीगलौजमा उत्रिन्न । यस कसीमा रवि लामिछानेको जाँच गरौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।