राष्ट्रिय सभाको आजको बैठकले तीनवटा विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।
आज बसेको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ , ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ ‘अभिलेख संरक्षण (पहिलो संशोधनं) विधेयक, २०७७’ लाई सर्वसम्मतिले पारित गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
राष्ट्रिय सभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार ५ बजे बस्नेछ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।