राष्ट्रपतिमा कांग्रेसको उमेदवारमा राष्ट्रिय सहमति हुने लेखककाे दाबी

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपतिमा कांग्रेसको उमेदवारमा राष्ट्रिय सहमति हुने दाबी गरेका छन् । प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले भन्ने गरेकाे राष्ट्रिय सहमति कांग्रेसकाे उम्मेदवारमा हुने उनले बताए । 

साेमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक राखेका थिए । लेखकले नेताहरुबीचको छलफल सकारात्मक भएकाे बताए । 

यद्यपि, भेटको विषय सरकार वा राष्ट्रपतिको निर्वाचन सम्बन्धित नभएको उनले बताए । तीन नेताबीचको भेटपछि देउवाले लेखकलाई केही जानकारी गराएर बाहिरिएका थिए । 

यता, प्रधानमन्त्रीको सचिवालयले भने राष्ट्रिय सहमतिको पहलका लागि प्रधानमन्त्रीले छलफल गरेको जानकारी दिएको छ ।





  • प्रकाशित मिति : माघ २३, २०७९ साेमबार १७:३७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया