बागमती प्रदेशसभा बैठक स्थगित

बागमती प्रदेश सभाको सोमबार बस्ने भनिएको बैठक स्थगित भएको छ । सोमबार अपराह्न १२ बजे बस्ने भनिएको बैठक विशेष कारणवश माघ २६ गते अपराह्न १ बजे बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले माघ २६ गते बस्ने प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै कार्यसूची रहेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

प्रदेशसभा अन्तर्गत रहेका विभिन्न ५ समितिमा अध्यक्षसहित दलको प्रतिनिधित्व गर्ने सदस्यको नामावली लिएर सोमबारै बसेको सर्वदलीय बैठकमा सहमति हुन नसकेको र साँझसम्ममा दोस्रो सर्वदलीय बैठक बस्न समयको अभावले गर्दा प्रदेश सभाको सोमवारको पूर्ण बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।





  • प्रकाशित मिति : माघ २३, २०७९ साेमबार २०:२४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया