मैत्रीपूर्ण क्रिकेटमा महासंघ धनुषाको टिम विजयी, फरकधारकर्मी कर्ण म्यान अफ दि म्याच घोषित
फरकधार / २३ माघ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

जनकपुरधामको रंगभूमि मैदानमा सोमबार भएको मैत्रीपूर्ण क्रिकेट खेलमा नेपाल पत्रकार महासंघ धनुषाको टिमले शिक्षकहरुको टिमलाई पराजित गरेको छ ।
सोमबार रंगभूमि मैदानमा महासंघ धनुषाको विक्रेट टिम तथा नीजि विद्यालयका सञ्चालक एवं शिक्षकहरुको मैत्रीपूर्ण क्रिक्रेट प्रतियोगितामा महासंघको टिम ४९ रनले विजयी भएको हो ।



टस जितेर पहिले व्याटिङ गरेको महासंघको क्रिकेट टिमले १४ ओभरको खेलमा १ सय १९ रन बनाएर अल आउट भएको थियो । महासंघको तर्फबाट कमलेश ठाकुरले सर्वाधिक २९ रनको योगदान गरे । त्यस्तै संजिव कुमार झा १७, विजय झाले १२ तथा अवधेश कामत ७ रन बनाएर आउट भए ।



शिक्षकहरुको तर्फबाट संजिव ठाकुर, विमल र कुशेश्वरले २/२ विकेट लिए । जवाफमा ब्याटिङ गर्न उत्रेको शिक्षकहरुको टिम १३ ओभर ४ बलमा ७० रनमा सिमित भएको थियो । शिक्षकहरुको टिमबाट संजिव ठाकुरले सर्वाधिक ३१ रनको योगदान गरे ।



शिक्षकहरुको टिमलाई सस्तैमा समेट्न नेपाल पत्रकार महासंघ धनुषाको क्रिकेट टिमका कप्तानसमेत रहेका फरकधारकर्मी दिपक कर्णले कसिलो बलिङ गर्दै ३ ओभरमा ९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । त्यस्तै अजय कुमार झाले ३, विकास आर्या ठाकुरले २ र सन्दिप साहले १ विकेट लिए । खेलको म्यान अफ द म्याच दिपक कर्ण भए ।
 







  • प्रकाशित मिति : माघ २३, २०७९ साेमबार २१:७:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया