साफ यू–२० च्याम्पियनसिप : फाइनल पुग्न भारतलाई हराउनैपर्ने दबाबमा नेपाल

बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल दिउँसो २ः४५ बजेदेखि ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा पछि सुरु हुनेछ । 

च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा नेपालले बंगलादेशसँग ३–१ को हार बेहोर्‍यो । दोस्रो खेलमा भने नेपालले भुटानलाई ४–० ले हराउन सफल भयो । 

अब फाइनलको यात्रा तय गर्न नेपालले भारतविरुद्ध अनिवार्य जित हात पार्नुपर्नेछ । बंगलादेश फाइनलका पुग्ने पक्का भइसकेको छ । उसले पहिलोमा नेपाललाई हराउँदा दोस्रो खेलमा भारतसँग गोलरहित बराबरी खेल्यो । 

तेस्रो खेलमा तुलनात्मकरूपमा कमजोर टोली भुटानसँग खेल्ने भएकाले घरेलु टोली बंगलादेश फाइनलमा स्थान बनाउनेमा ढुक्क छ । अहिलेसम्म सहभागी चारै टिमले दुई/दुई खेल खेलेपछि भारत ४ अंकसहित शीर्ष स्थानमा छ ।  

उति नै अंक रहेको घरेलु टोली बंगलादेश दोस्रो स्थानमा छ । समान अंक भए पनि भारत गोलअन्तरमा अघि रहेको हो । दुवैले एक खेल जित्दा एक बराबरी खेले ।

नेपाल भने एक जित र एक हारबाट ३ अंकसहित तेस्रो स्थानमा छ । लगातार दुई खेलमा हार बेहोरेको भुटान भने फाइनल होडबाट बाहिरिसकेको छ । अब बाँकी तीन टिममध्ये दुई टिम फाइनल पुग्नेछन् । 



बंगलादेश भुटानसँग बराबरी खेले पनि फाइनल पुग्नेछ । भारतसँग बराबरी वा हार बेहोरे नेपाल फाइनल दौडबाट बाहिरिने छ । 



  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार ७:३०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया