विश्व विजेता फिन्चले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

अस्ट्रेलिया टोलीका विश्व विजेता कप्तान आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । उनले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिए पनि फिन्चले घरेलु लिगहरू भने खेल्ने छन् । उनले बिग बास लिग र अन्य घरेलु टी–२० प्रतियोगिता खेल्ने जनाएका छन् । 

फिन्चले गत सेप्टेम्बरमा एकदिवसीय अन्तर्राष्ट्रियबाट संन्यास लिएका थिए । उनले अस्ट्रेलियाका लागि पाँच टेस्ट, १४६ एकदिवसीय र १०३ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

फिन्चको कप्तानीमा अस्ट्रेलियाले पहिलोपटक २०२१ को टी–२० विश्वकप जितेको थियो । 

​उनी अस्ट्रेलियाका लागि टी–२० क्रिकेटमा सर्वाधिक उच्च स्कोर बनाउने ब्याटर हुन् । फिन्चले ३ जुलाई २०१८ मा जिम्बाब्वेविरुद्ध ७६ बलमा १७२ रनको विस्फोटक पारी खेलेका थिए ।   

उनी टी–२० मा अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने ब्याटर पनि हुन् । फिन्चले टी–२० करियरमा १०३ खेलमा दुई शतक र १९ अर्धशतकको मद्दतमा ३ हजार १२० रन बनाए ।  





  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार ७:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया