टर्कीमा सोमबार बिहान गएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३७ सय नाघेको छ ।
भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति पुर्याएको छ । मृतकको संख्या अझै बढ्नसक्ने समाचार संस्था एपीले जनाएको छ ।
भूकम्पका कारण हजारौं मानिस घाइते भएका छन् । भूकम्पबाट सबैभन्दा धेरै क्षति टर्की र सिरियामा भएको छ । त्यहाँ सयौं घरहरू भत्किएका छन् ।
टर्कीको आन्तरिक मामिला मन्त्रालयका अनुसार १० वटा सहरमा भूकम्पले क्षति पुर्याएको छ । लगातार आइरहेका परकम्पले घरभित्र पुरिएका मानिसहरूको खोजीकार्यमा कठिनाइ भएको छ ।
अहिलेसम्म ५० भन्दा बढी परकम्प आइसकेको बताइएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिकै दक्षिणी टर्कीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।