टर्की भूकम्पबाट मृत्यु हुनेको संख्या ४३ सय नाघ्यो, १३ हजारभन्दा बढी घाइते

टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४३ सय नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान गएको ७ दशमलव  ८ म्याग्निच्युडको कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४३ सय नाघेको हो । 

टर्कीमा हालसम्म कम्तीमा २ हजार ९२१ जनाको मृत्यु हुनुका साथै १३ हजार २९३ घाइते भएका छन् । यहाँ ५ हजार ६०० भन्दा बढी भवनहरू ध्वस्त भएका छन् ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने भन्दै उनले उद्धार र राहतलाई तीब्रता दिइरहेको बताए । उक्त भूकम्पका कारण छिमेकी मुलुक सिरियामा पनि ठूलो संख्यामा मानवीय क्षति भएको छ ।

सिरियामा उद्धारकर्ताहरूले रातभर काम गर्न हेडलाइट र फ्लड लाइटहरू प्रयोग गरेका थिए । राज्यको स्वास्थ्य मन्त्रालय र ह्वाइट हेल्मेट राहत समूहका अनुसार यहाँ १,४५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । देशभरि हजारौं घाइते भएका छन् ।  

टर्कीको भूकम्प प्रभावित क्षेत्रमा धेरै सिरियाली युद्ध शरणार्थीहरू पनि छन् । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार टर्कीले ३.६ मिलियन सिरियाली शरणार्थीलाई राखेको छ।  जुन कुनै पनि अन्य देशभन्दा बढी छ । 

उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवितहरूको खोजी गरिरहेका छन् । विश्वभरबाट विज्ञ समूह, तालिम प्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ ।



कतिपयले पीडितहरू पानी परेपछि घर छोडेर बाहिरिएका छन् । सोमबार बिहान ११ मिनेटको अन्तरालमा आएको दुई शक्तिशाली भूकम्पले दक्षिणी टर्कीका दश वटा प्रान्त नराम्ररी प्रभावित भएका हुन् । 



  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार १०:४७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया