अस्ट्रेलियाली राजनीतिक दल र सांसद्को कम्प्युटर ह्याक गरियो

सिड्नी– अस्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दलहरु र संसद्का सूचनाहरु ह्याक भएको जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको सँघारमै गोप्य सूचना बाहिरिएको छ । 

प्रधानमन्त्री स्कट मोरिसनले अनुसन्धाताहरुले दुई हप्ताअघि संसद्को कम्प्युटर ह्याक भएको विषयमा छानबिन गरिरहेको सांसदहरुलाई जानकारी दिएका छन् । उनले केही राजनीतिक दलको सम्पर्क प्रणाली पनि छिन्नभिन्न पारिएको बताए । 

‘हाम्रा साइबर विज्ञहरुको विश्वासमा कुनै सरकारी पक्षले नै यस्तो दुष्ट गतिविधि गरेका हुन्,’ प्रधानमन्त्री मोरिसनले बताए । उनले अरु के–कस्ता सामग्री चोरी गरिएको भन्ने बारेमा अझै थाहा नभएको बताए । 

यसै महिनाको सुरुमा पनि अस्ट्रेलियाको संसद्को कम्प्युटर प्रणालीमा अनधिकृत व्यक्तिको पहुँच रहेको समाचार बाहिरिएको थियो । अस्ट्रेलियाले सुरक्षा निकायले यस्तो आक्रमण कसले गरेको हो भन्ने अनुसन्धान गरिरहेको बताएका छन् । 

उक्त घटनापछि प्रधानमन्त्री र मन्त्रीहरु स्वयंले आफ्ना पासवर्ड परिवर्तन गर्नुका साथै सुरक्षाका अन्य उपाय अवलम्बन गर्न बाध्य भएका थिए । 

साइबर सुरक्षा विज्ञ फर्गस हान्सोनले एक वा दुई मुलुकका विज्ञले मात्र यस्तो कार्य गर्न सक्ने बताए । उनले सम्भावित शंकास्पद मुलुकमा चीन पहिलो श्रेणीमा रहेको पनि दाबी गरे । उनले रुससँग पनि यस्तो क्षमता रहेको बताए । 





  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार १७:१९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया