रवि लामिछानेका लाञ्छनामाथि कान्तिपुर अध्यक्ष सिरोहियाको पाँचबुँदे चुनौती

रास्वपा अध्यक्ष रवि लामिछानेले पछिल्लो पत्रकार सम्मेलनमार्फत लगाएका आरोपहरुको खन्डन गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् ।

लामिछाने कान्तिपुर मात्रै नभई समग्र नेपाली प्रेसको विश्वसनीयतामाथि नियोजित प्रहार गर्न उद्यत भएकाले त्यो आफूलगायत प्रेसकर्मीहरुलाई सह्य नहुने उनको भनाइ छ ।

सिरोहियाले वक्तव्यमा लेखेका छन्, ‘हामीले लेखेका समाचार नेपालको संविधान, कानुन र सर्वोच्च अदालतको संवैधानिक इजलासबाट स्थापित तथ्य हुन् । रवि लामिछानेले लगाएका आक्षेपका आधार के हुन् ? मैले त आफ्ना कुराहरू यहाँ प्रस्ट र पारदर्शी रूपमा पाठक र शुभेच्छुकहरूसमक्ष राखेको छु । के रवि लामिछानेले पनि नागरिकता, दोहोरो पासपोर्ट र दोहोरो राष्ट्रियतालाई लिएर आफूमाथि उठेका तमाम प्रश्नहरूको साँचो जवाफ दिन सक्नुहुन्छ ?’​





  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार २१:५१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया