राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज मतदान, तीन उम्मेदवार प्रतिस्पर्धामा

राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त पदका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान हुन लागेको हो । निर्वाचन आयोगले मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय निर्धारण गरेको छ ।

उपनिर्वाचनमा तीनजना उम्मेदवार प्रतिस्पर्धामा छन् । सत्तारुढ दल नेकपा एमालेबाट कुमार दसौदी, नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय र नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्य उम्मेदवार छन् ।    

एमालेका उम्मेदवार दसौदीलाई नागरिक उन्मुक्तिबाहेक सत्तारुढ दलको समर्थन छ । तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य पद रिक्त भएको हो ।      





  • प्रकाशित मिति : माघ २५, २०७९ बुधबार ७:५६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया