फ्रेन्च कपबाट बाहिरियो पिएसजी
फरकधार / २६ माघ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कपबाट बाहिरिएको छ । गएराति सम्पन्न अन्तिम १६ को खेलमा मार्सेलीविरुद्ध २–१ को हार बेहोर्दै पिएसजी फ्रेन्च कपबाट बाहिरिएको हो । 



मार्सेलीको जितमा एलेक्स सान्चेज र रुस्लान मिलानोभ्स्कीले एक/एक गोल गरे । खेलको ३१ औं मिनेटमा मार्सेका लागि एलेक्स सान्चेजले पेनाल्टीबाट गोल गर्दै सुरुआती अग्रता दिलाए । यद्यपि मार्सेलीको अग्रता लामो समयसम्म टिक्न सकेन । 



पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै पिएसजीलाई १–१ को बराबरीमा ल्याए । मार्सेलीका रुस्लान मिलानोभ्स्कीले खेलको ५७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसपछि पिएसजीले गरेको केही उत्कृष्ट प्रहार गरे पनि ऊ सफल भने हुन सकेन ।



मेसी र नेयमारको आक्रमणलाई मार्सेको बलियो रक्षापङ्तीले रोक्दा १४ पटकको च्याम्पियन पिएसजी स्तब्ध बन्यो । फ्रान्सेली लिग वानमा मार्सेली शीर्ष स्थानमा रहेको पिएसजीभन्दा ८ अंकले पछि छ । ऊ ४६ अंकसहित दोस्रो स्थानमा छ ।  







  • प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार ७:३१:५६,   अन्तिम अपडेट : माघ २६, २०७९ बिहीबार ७:३५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया