माओवादी उपाध्यक्षमा अग्नि सापकोटा र पम्फा भुसाल

नेकपा (माओवादी केन्द्र) ले पूर्वसभामुख अग्नि सापकोटा र उपमहासचिव पम्फा भुसाललाई उपाध्यक्ष बनाएको छ । माओवादीले बुधबार सर्कुलर जारी गरी सापकोटा र भुसाललाई पार्टी उपाध्यक्षमा बढुवा गरिएको जनाएको हो ।

यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए । पूर्वसभामुख सापकोटा पार्टीको कुनै पनि जिम्मेवारीमा रहेका थिएनन् ।

उपमहासचिवमा भुसालसँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत रहेका थिए । तीमध्ये भुसालको बढुवा भएको हो । त्यस्तै, सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिल्लीराम आचार्य रहेका छन् । 

कोषाध्यक्षमा श्रीराम ढकाल छन् । अब माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य २ सय २ जना रहेका छन् ।  





  • प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार ८:१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया