श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२६ सम्ममा आफ्नो देश आर्थिक संकटको अवस्थाबाट मुक्त हुने विश्वास व्यक्त गरेका छन् ।
आफ्नो सरकारको भावी नीतिका बारेमा संसदलाई सम्बोधन गर्दै विक्रमासिङ्घेले विभिन्न समूहको चुनौतीका बाबजुद कर सुधार कार्यक्रम अघि बढाउने बताए ।
‘म राष्ट्रको हितका लागि अलोकप्रिय निर्णय गर्न तयार छु । जनताले ती निर्णयको महत्व दुई/तीन वर्षमा महसुस गर्नेछन्,’ उनले भने ।
विक्रमासिङ्घेले कठिनाइका बाबजुद सरकारले कमजोर वर्गलाई आर्थिक संकटबाट जोगाउनका लागि कदम चालेको उल्लेख गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।